प्रदेश २ : एमालेका ११ सांसदले राजे माधव नेतृत्वको नयाँ पार्टी

प्रदेश २ : एमालेका ११ सांसदले राजे माधव नेतृत्वको नयाँ पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वका नयाँ पार्टी रोजेका छन् ।

बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् भने १ जना सांसद डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएका हुन् । उनी दिल्लीमा उपचाररत छन् ।

एस राज्ने सांसदहरुमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् ।

माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाण्डुमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने प्रदेश सांसद सत्रुध्न महतोले बताए । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।