काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ८४६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणका कारण १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया