डल्लु पुगेर प्रधानमन्त्रीले लिए खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

डल्लु पुगेर प्रधानमन्त्रीले लिए खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवालले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।