काठमाण्डु – अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले बिद्यार्थी आन्दोलन बिघठन गर्नुपर्छ भन्नेहरुलाई मण्डलेको संज्ञा दिएका छन् ।
अखिल क्रान्तिकारीले बिहिबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता तामाङले गलत राजनितिक उदेश्य र नियत राखेर विद्यार्थी संगठनमाथी प्रोपोगाण्डा चलाउनेहरु नव मण्डलेहरु भएको बताए ।
‘आन्दोलनमाथी उठाइएका सबै प्रश्नहरुको सामना गर्न तयार छौं, कमजोरीहरु सच्याउँदै अघि बढोस भन्ने जायज सुझाव प्रति आभारी पनि छौं ।’ उनले अगाडी भने ‘तर पछिल्लो समय जवरजस्ती र नियतबस युवा विद्यार्थी संगठनमाथी प्रहार हुन थालेको छ । गलत राजनितिक उध्येश्य र नियत राखेर प्रोपोगाण्डा चलाउनेहरु भने नव मण्डलेहरु हुन ।’
उनले इतिहासदेखी पछिल्लो प्रतिगमन बिरोधी आन्दोलनसम्म जनताको मुद्धा बोकेको यो विद्यार्थी आन्दोलन अहिले पनि मुलुकको सबैभन्दा लोकप्रिय र सचेत युवा शक्ति भएको दाबी गरे । त्यस्तै संगठनका महासचिव उत्तम अधिकारीले विद्यार्थी संगठनकै पुर्व नेताहरु यहि आन्दोलनलाई भर्याङ बनाएर आज आन्दोलनको बिपक्षमा बक्तब्य दिँदै हिडेको आरोप लगाए ।
उपाध्यक्ष दिपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली बिध्यार्थी आन्दोलनको समिक्षा’ बिषयक अन्तर्कृया कार्यक्रममा बिद्यार्थी संगठनका पुर्व अध्यक्षहरु लीलामणी पोखरेल, देब गुरुङ, प्रकाश पोखरेल, जिवन गौतम र रमेश मल्ल सहित पुर्व बिद्यार्थी नेता तथा बागमती प्रदेश सदस्य रत्न ढकाल तथा बर्तमान अध्यक्ष रन्जित तामाङ सहभागी रहेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।




प्रतिक्रिया