काठमाण्डु- पोखरामा अविरल वर्षाका कारण आएको पहिरोमा परेर एकै परिवारका ३ सहित ६ जनाको मृत्यु भएको छ । बिहीबार राती २ बजे गएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा पर्वत मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया फुलमाया थापा, कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेल, कुश्मा नगरपालिका ३ दुर्लुगंकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेल रहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका छन् ।
पहिरोमा परी दुर्लुगंकै ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेल बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य भइरहेको छ ।




प्रतिक्रिया