काठमाण्डु — नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुन आह्वान गरेकी छन् ।
सांसद संग्रौलाले पार्टीको आजदेखि शुरु भएको वडाको निर्वाचनमा होमिएका कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आह्वान गरेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘गाउँ –टोलबाट आजदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशनको जग वडा अधिबेशन सुरू भइसकेको छ । नेपाली राजनीतिको एउटा विशिष्ट परिस्थितिमा महाधिवेशनको महासंग्राममा होमिएका लाखौं कार्यकर्ता साथिहरु तथा शुभेच्छुकहरू सबैलाई म यो ऐतिहासिक घडीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
सांसद संग्रौलाले महाधिवेशन आफैँमा लोकतन्त्रको एउटा अग्रणी अभ्यास भएको बताउँदै सो अभ्यासमा नेपाली कांग्रेस सधै अगाडि भएको जनाएकी छिन् । त्यसैगरी उनले यो महाधिवेशनलाई जनताको थप विश्वास जित्ने उत्सवका रुपमा सफल पार्न सम्पुर्णमा अपिल गरेकी छिन् ।
उनले भनेकी छन्, ‘जनता गाँस्ने कांग्रेस बनाऔं। समृद्ध राष्ट्रका लागि अझै बलियो कांग्रेस बनाऔं । सारा जनता अट्ने अनि आम मान्छेका सपना समेट्ने कांग्रेस बनाऔं । आम जनताको विश्वास नै पार्टीको बलियो आधार हो । यो महाधिवेशनलाई जनताको थप विश्वास जित्ने उत्सवका रूपमा सफल पारौं । महाधिवेशनको यो महासंग्राममा फेरि पनि हार्दिक बधाई अनि शुभकामना । ’




प्रतिक्रिया