लुम्बिनीका विना विभागीय मन्त्री शाहीले पाए उद्योग मन्त्रालयको जिम्मेवारी

लुम्बिनीका विना विभागीय मन्त्री शाहीले पाए उद्योग मन्त्रालयको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएका छन् । विना विभागीय मन्त्री नियुक्त गरेको २३ दिनपछि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएकै दिन केसीले तीन जनालाई विना विभागीय मन्त्री बनाएका थिए । ६ जना मन्त्री नियुक्त गरेका केसीले शाहीसहित सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाएका थिए ।

लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन मिलेर नयाँ सरकार गठन भएको थियो ।

सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही विवादमा तानिएका थिए । एमालेले सूर्य चिन्ह लिएर चुनाव जितेका शाहीलाई बर्खास्त गरेको पत्र प्रदेशसभामा पेश गरेको थियो । तर, सभामुख पूर्णप्रसाद घर्तीले कारबाही गर्न अस्वीकार गरेका थिए । सरकार गठन भएको २३ दिन बितिसक्दा पनि सत्ता गठबन्धनबीचको विवादले मन्त्रिमण्डल विस्तार हुन सकेको छैन् ।