मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने 

मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिले भदौ २० गतेबाट केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवाहरू यही आउँदो आइतबारदेखि स्वास्थ्य मापदण्डका साथ पुन सञ्चालन हुन लागेका हुन् । साथै प्रालिले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्यरूपमा पालना गर्न अनुरोध गरेको छ ।

‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यहि आउदो आइतबार भाद्र २० गतेबाट स्वास्थ्य सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौं । मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसारनै हुने समेत जानकारी गराउदछौं । साथै सम्पूर्ण यात्रु हरूलाई स्वास्थ्य सुरक्षाका नियम हरू अनिवार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौँ ।’ प्रालिले भनेको छ ।