काठमाण्डु – मकवानपुरमा एमालेबाट निर्वाचित २५ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
निर्वाचन आयोगले दल रोज्न दिएको समय पाँच दिन बाँकी छँदै उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
नेकपा एमालेबाट विजयी भएकामध्ये एक प्रमुख र दुई उपप्रमुख सहित २५ जना स्थानीय जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
सनाखत गर्नेहरुमा कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना कुमारी लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट रहेका छन् ।
दल फुटाउने अध्यादेशले नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि निर्वाचन आयोगले भदौ १५ गतेदेखि २२ गतेसम्म नयाँ पार्टी समाजवादीमा सनाखतका लागि समय दिएको छ ।




प्रतिक्रिया