न्युयोर्कमा बाढीले बगाउँदा एकै परिवारका तिन नेपालीको मृत्यु

न्युयोर्कमा बाढीले बगाउँदा एकै परिवारका तिन नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्युयोर्कमा बाढीले बगाउँदा एकै परिवारका तिन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु आमा उनका श्रीमती मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

मृत्यु हुने तीनै जना एकै परीवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन युएसएले सामाजिक सञ्जालमार्फत जनाएको छ । बिहीबार आएको सामुद्रिक आँधीमा परेर उनीहरुको मृत्यु भएको हो । न्युयोर्क र न्युजर्सी राज्यमा अहिले सम्मकै सर्वाधिक वर्षा भएको जनाइएको छ । उनीहरू अमेरिकाको न्युयोर्कमा बस्दै आएका थिए ।