काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान कुनै सर्त नराखेको बताएका छन् ।
उपाध्यक्ष गौतमको सचिवालयले एक विज्ञप्ति जारी गर्दै नेकपा एसमा जान जनताको बहुदलीय जनवाद (जबज) सैद्धान्तिक धार रहनुपर्छ भन्ने बाहेक अन्य सर्त नराखेको जानकारी गराएको छ ।
‘नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया