एमालेनिकट कानून व्यवसायीको भेलामा अध्यक्ष ओली गएनन्

एमालेनिकट कानून व्यवसायीको भेलामा अध्यक्ष ओली गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा अनुपस्थित भएका छन् ।

अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट उक्त संगठनले आज भेला डाकेको थियो । गत ८ भदौमा दश बुँदे सहमति कार्यान्वयन सहमतिअनुसार एमालेको सम्पूर्ण पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील निर्णय भएको छ ।

तर, त्यसविपरीत अध्यक्ष ओली समूह अगाडि बढेको टिप्पणी भइरहेका बेला विवादित कार्यक्रमको सम्बोधन अध्यक्ष ओली आफैले गरेपछि पार्टीभित्र पुन विवाद बढ्ने भन्दै ओली भेलामम सहभागि नहुने जनाइएको छ ।

दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णयपछि पनि प्रदीपकुमार ज्ञवालीले प्रचार विभाग बैठक राख्नेदेखि पार्टी प्रवक्ताको हैसियतमा वक्तव्य सार्वजनिक गरिरहेका छन् । यसप्रति पूर्व माधवकुमार नेपाल समूह भने असन्तुष्ट छन् ।

तया अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्रचार्यले त्यस्तो कुनै विवादका कारण नभइ आज निवासमै आराम गर्ने र उक्त कार्यक्रममा नजाने बताएका छन् ।