एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय मिनभवनमा

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय मिनभवनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले बताए ।

उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ । अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’ नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो ।