काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।
माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी गठन गरेपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण उनको स्वास्थ्य अवस्था विग्रिएको बजगाईंले बताए ।
अध्यक्ष ओलीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेका छन् । उनी अहिले बालकोटस्थित निवासमै आराम गरिरहेको बजगाईंले बताए । ‘उहाँ सामान्य अस्वस्थ हुनुहुन्छ । त्यसैले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको छ,’ उनले भने ।




प्रतिक्रिया