काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न उक्त बैठक बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले जानकारी दिए । मन्त्रालय भागबन्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।
सत्ता गठबन्धनका नेताहरूको बैठकले मन्त्रिपरिषदबारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुग्नै लाग्दासमेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलमा भए दल फुटाउन पाउनेगरि अध्यादेश ल्याएपछि माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गराएका थिए । तर उक्त अध्यादेश विरुद्ध सर्वोच्चमा रिट परेका कारण पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस परिरहेको जनाइएको छ ।




प्रतिक्रिया