सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?

सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) झुक्याएर पास गर्न लागेको दावी गरेका छन् ।

काठमाण्डु महानगर कमिटीद्वारा राष्ट्रिय सभागृहमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै यसबारे गठबन्धनका नेताले केही नभनेको उनको भनाई थियो ।

एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोख्दै उनले भने, ‘एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ?।’

एमाले अध्यक्ष ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दावी गरे । उनले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे ।

‘चीनसँग कुनै सीमा विवाद छैन् । कसलाई खुसी पार्न समिति बनाएको ?,’ उनले प्रश्न गर्दै भने, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहान्छु, यो समितिले सीमा विवाद देखाओस् ।’ ओलीले देउवा नेतृतवको सरकारले भारतसँगको सम्बन्ध पनि तनावग्रस्त पारेको आरोप लगाए ।