शेयर बजारमा पहिरो – नेप्से १०८ अंकले घट्यो

शेयर बजारमा पहिरो – नेप्से १०८ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आइतबार १०८.२६ अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १०८.२६ अंकले ओरालो लागेर २८१८.७२ विन्दुमा झरेको छ ।

१६ वटा कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । आज दुई करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोडमा कारोबार भएका छन् ।  सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७० करोड ३३ लाखको शेयर किनबेच भएको छ ।