काठमाण्डु – नेपाली बजारमा सोमवार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा एक सयले ओरालो लागेर ९१ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सयले नै ओरालो लागेर ९० हजार ९०० कायम भएको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ ले उकालो लागेर एक हजार २३० कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया