पन्जशिर उपत्यका पनि नियन्त्रणमा लिएको तालिबानकाे दाबी

पन्जशिर उपत्यका पनि नियन्त्रणमा लिएको तालिबानकाे दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले पन्जशिर उपत्यका पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । अफगानिस्तानका अरु सबै प्रान्तहरु तालिबानको कब्जामा गए पनि पन्जशिर उपत्यकामा स्थानीय तालिबान विरोधी समूहले सुरक्षा दिइरहेका थिए । तर तालिबानले सोमबार पन्जशिरमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको हो ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ । केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको जनाइएको छ । ‘यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ ।’ तालिबानका एक प्रवक्ताले भने । तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरफ) ले तालिबानको दाबीको खण्डन गरेको छ । ‘यो सत्य हैन । तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएका छैनन्। म तालिबानको दाबीको खण्डन गर्छु ।’ एनआरएफका प्रवक्ता अलि मैसमले भने ।