सुजुकीले ल्यायो ग्राहकका लागि दशैं तिहार अफर ‘पर्वोत्सव’

सुजुकीले ल्यायो ग्राहकका लागि दशैं तिहार अफर ‘पर्वोत्सव’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ ।

साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्रीबितरणगर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।