काठमाण्डु – साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहको छ । जसको कारोबार ४६ करोड तीन लाख ९१ हजार ४५६ को कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा हिमालय डेयिटलरी कम्पनी रहेको छ । जसको कारोबार २६ करोड ८८ लाख ९६ हजार ३१३ को कारोबार भएको छ ।
यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । आज सबै समूहका सूचांकहरुमा हरियाली छाएको छ । आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहका उप–सूचांकहरुमा ९ प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने अन्य समूहको उपसूचांकमा ८ प्रतिशतभन्दा धेरैको सुधार भएको छ । त्यस्तै, म्यूचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको मात्र सुधार आएको छ भने बाँकी सबै समूहको उप–सूचांकमा तीनदेखि पाँच प्रतिशत सम्मको मात्र सुधार भएको छ ।




प्रतिक्रिया