काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिएकी छन् ।
बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने उनले बताइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी छन् ।




प्रतिक्रिया