काठमाण्डु – नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४०० मा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै अर्थात ९० हजार ९९० कायम भएको छ । आज यता चाँदीको मूल्य पनि हिजोकै अर्थात प्रतितोला १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया