काठमाण्डुको सिडिओमा गोविन्द रिजाल

काठमाण्डुको सिडिओमा गोविन्द रिजाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाण्डुको सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई पठाएको हो ।

यसअघि सहसचिव रिजाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह काठमाण्डुको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँडले उनलाई काठमाण्डु प्रशासनको नेतृत्वमा पुर्याएका हुन् । रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए ।

रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । उनले सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।