पन्जशिर उपत्यकामा तालिबान झण्डा फहराइएको भिडियो सार्वजनिक, विरोधी समूह भन्छ: लडाइँ जारी छ

पन्जशिर उपत्यकामा तालिबान झण्डा फहराइएको भिडियो सार्वजनिक, विरोधी समूह भन्छ: लडाइँ जारी छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ । तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो । उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ ।

राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ । केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको जनाइएको छ । तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू सबै रणनीतिक स्थानमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ ।

उक्त समूहका नेताले तालिबानविरुद्ध देशैभरि विद्रोहको आह्वान गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए ।