एमसीसीकी उपाध्यक्ष सुमारलाई कालो झन्डा देखाउने चार जना पक्राउ

एमसीसीकी उपाध्यक्ष सुमारलाई कालो झन्डा देखाउने चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्नेहरु पक्राउ परेका छन् । मंगलबार एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको टोलीलाई कालो झन्डा देखाउन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल गेटअगाडि युवाहरुले एमसीसीको विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

कालो झन्डा देखाएर नाराबाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेका जनाइएको छ । युवाहरुले ‘एमसीसी खारेज गर, देश बेच्न पाइँदैन,’ ‘अमेरिकी दलाल होसियार,’ ‘एमसीसी मुर्दावाद’ भनेर नारा लगाएका थिए ।