अमेरिकाले हाम्रो जवाफ दिएन, एमसीसी अब पास हुँदैन : प्रचण्ड

अमेरिकाले हाम्रो जवाफ दिएन, एमसीसी अब पास हुँदैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माअओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका छन् ।

मंगलबार वाईसियल नेपालको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अमेरिकालाई पठाएको कुटनीतिक नोटको जवाफ नआएकाले  एमसीसी पास नहुने घोषणा गरेका हुन् ।

‘हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएको थियौं । त्यसको जवाफ आएन । ढुक्क हुनुस् ! अब एमसीसी पास हुँदैन,’ उनले भने । साथै उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुनै पनि कुरामा माओवादीले सहमति नजनाउने बताए ।

‘तपाईंहरु ढुक्क हुनुस् ! राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ उनले भने । सरकारले बुधबारदेखि सुरु हुने संसद बैठकमा कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनमै रहेका प्रचण्डले संसद सुरु हुने अघिल्लो दिन सो घोषणा गरेका हुन् । एमसीसी पास गर्ने लगायतका विषयमा छलफल गर्न एमसीसीकी उपाध्यक्ष फातिमा सुमार आज साँझ नै काठमाण्डु आइपुग्दैछिन् ।