एमसीसी सम्झौता खारेज गर्न किसान संगठनहरुको माग

एमसीसी सम्झौता खारेज गर्न किसान संगठनहरुको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहन्त्रालयले वाकस्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै किसान संगठनहरुले आपत्ति जनाएका छन् । आज विज्ञप्ति जारी गर्दै किसानहरुका ६ वटा संगठनहरुले गृहमन्त्रालयको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाली जनताको व्यापकप्रतिरोधका कारण विगतलामो समयदेखि संसदमा प्रस्तुतनभएको सो सम्झौतालाई जनभावनाविपरीत जबरजस्ती संसदबाट अनुमोदन गर्न लागिएको भन्ने समाचारहरूआइरहेको र एमसीसीको विरोध गर्न नपाइने र गर्नेहरूलाई नेपाल सरकारले सुक्ष्मरूपले निगरानी गरिरहेको भन्ने नेपाल सरकार, गृह मन्त्रालयद्वारा पटक पटक जारी गरिएका विज्ञप्तिहरूप्रति देशका जिम्मेवार किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

दातृ निकायले दिने, जतिसुकै ठुलो परियोजना वा रकम राष्ट्रिय स्वाभिमान भन्दा माथी हुननसक्ने उल्लेख गरिएको छ । संगठनहरुले नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको यो सम्झौता खारेजिको माग समेत गरेका छन् ।