काठमाण्डु – सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री राजीनामा दिएका हुन् ।
नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजल एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेको माधव नेपाल समूहबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । तर एमाले विभाजनपछि भने उनीहरुले माधव नेपालको साथ छोडेका हुन् ।
पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए भने राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।




प्रतिक्रिया