भोलि बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

भोलि बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद सचिवालयले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बुधबार ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने संसद सचिवालयले जनाएको छ ।

संघीय संसदको नवौँ अधिवेशनको कार्यसूची अनुसार राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढ्ने, गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८’ पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्मका छन् ।

सरकारको सिफारिसमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसोका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी थिइन् ।