कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

कस्तो रहला बुधबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –   जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले माैसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसाे देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।