वामदेव पत्नी तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी

वामदेव पत्नी तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी सांसद तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी भएकी छन् ।

माधव नेपालले पार्टी फुटाएर नयाँ दल दर्ता गरेपछि एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा लाग्ने तयारी गरेकी उनी बुधबार जारी एमाले संसदीय दलको बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेकी हुन् ।

सांसद थापा संसदीय दलको बैठकमा सहभागी हुन लोत्से हल पुगेको एमाले सांसद कोमल वलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जाने तयारी गरेपनि उनले भदौ ९ गते सनाखत गर्न पाएकी थिइनन् ।