काठमाण्डु – पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एमालेले काँचुली फेरेर नयाँ जीवन पाएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजित नभई काँचुली फेरेर नयाँ जीवनको सुरुवात गरेका बताएका छन् ।
पार्टीबाट छुटेर गएकाहरू नआए पनि एमाले सिंगो र बलियो पार्टी भएको भन्दै नेता पौडेलले अब नयाँ उत्साहका साथ अगाडि बढ्ने बताए ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कुनै सिद्धान्त र विचारले नभई लोभ र अवसरवादीले बनाएको समूह भएको उनको भनाई थियो ।




प्रतिक्रिया