एमाले दलको बैठकमा महेश बस्नेतको प्रस्ताव : सभामुखलाई महाअभियोग लगाऔं

एमाले दलको बैठकमा महेश बस्नेतको प्रस्ताव : सभामुखलाई महाअभियोग लगाऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतलाई समाभुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव राखेका छन् ।

सिंहदरवारमा जारी संसदीय दलको बैठकमा नेता बस्नेतले एमाले विभाजनमा सभामुख सापकोटाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई महाअभियोगसम्म लगाउनुपर्ने बताएका हुन् ।

‘संसद बैठक सहज रुपमा सुचारु हुन दिनुहुँदैन । सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । १४ सांसदलाई गरेको कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

एमालेका अधिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिइरहेका छन् ।