एमसीसीको विरोधमा संसद घेराउ गर्दै विभिन्न संगठन

एमसीसीको विरोधमा संसद घेराउ गर्दै विभिन्न संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित २२ दलीय गठबन्धनले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दै छ । सरकारले एमसीसी जसरी पनि संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि २२ दलीय संगठन विरोधमा उत्रिएका हुन् ।

जसअन्तर्गत २२ दलीय गठबन्धनले आज मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्दैछन् । त्यस्तै राजनीतिक विश्लेषक हेमन्त सेढाइं लगायतको समूहले एमसीसीविरुद्ध बिरोध प्रदर्शनसहित आजै दिउँसो २ बजे संसद भवन घेराउ गर्दैछन् ।

त्यसअघि माइतीघरमा जम्मा भएर टोली नयाँ बानेश्वर जानेछन् । त्यसैगरी समूह १०० का बब्लु गुप्ता, अभियन्ता हेमराज थापा, मुना श्रेष्ठलगायत एमसीसी खारेज अभियानले सोबिरुद्ध दिउँसो २ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछन् ।

हाम्रो नेपाल हामी नेपाली अभियान, शाही युवा शक्ति नेपाल र राष्ट्रिय शक्ति नेपाल (एमसीसी विरुद्ध संयुक्त महाअभियान) ले पनि एमसीसीको बिरोधमा संसद भवन घेराउ गर्ने बताएको छ । उसले दिउँसो ४ बजे नयाँ बानेश्वरमा पुगेर संसद घेराउ गर्ने जानकारी दिएको छ ।