छोरालाई राजनीतिमा भित्र्याउन देउवाले गरे कार्यकर्ताको अपमान

छोरालाई राजनीतिमा भित्र्याउन देउवाले गरे कार्यकर्ताको अपमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा प्रवेश गरेका छन् । २६ बर्षका जयविरले डडेल्धुराबाट कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् ।

डडेल्धुराको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को क्रियाशील सदस्य शूचीको १सय ६६ नम्बरमा जयवीरसिंहको नाम छ । उनको नाम वडाबाट नै सिफारीस भएको कांग्रेसबाट निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले बताए ।

छोरालाई क्षेत्रीय प्रतिनिधि बनाउन क्रियाशील सदस्यको नाम नै गाएब

कांग्रेसको कुनैपनि भातृ संस्थामा काम नगरेका जयविरलाई देउवाले क्षेत्रीय प्रतिनिधि बनाउन दबाव दिएका छन् । क्रियाशील सदस्यता वितरणमा सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा काठमाडौंमा सक्रिय भएपछि उनीहरुको जिल्ला डडेल्धुरामा विवाद बढेको छ ।

छोराको नाम समावेश गरेका देउवाले कांग्रेसमै कैयौँ क्रियाशील सदस्यताको नामावली हटाइदिएका छन् । विवाद बढेपछि भदौ १८ गतेकालागि तय भएको वडा अधिवेसन भदौ २५ गतेका लागि सारिएको छ ।

देउवाले छोरा जयविरलाई क्षेत्रीय प्रतिनिधि बनाउन छलफल गरिरहेको बताइएको छ । सहमतिअनुसार केन्द्रमा पुगेका ४सय ६० जनाको क्रियाशिल सदस्यता हटाएको भन्दै कांग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

जिल्लामा कुनै निकायमा थाहै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताए । डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीरसिंह यसपालि क्रियाशील सदस्य भएको बताए ।

जिल्लाबाट सिफारिस भएका क्रियाशील सदस्यको नाम सूचीबाट हटाइएको भन्दै आफूहरूले विरोध गरेको उनको भनाइ छ ।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ मा वडा अधिवेशन हुने सूचना निकालेका छन् । यता सभापति मल्लले अधिवेशन हुन नसक्ने विज्ञप्ति निकालेका छन् । मल्लले १६ वर्ष कांग्रेसको वडा सभापति भएका व्यक्तिलाई क्रियाशील सदस्यताबाट हटाएपछि कांग्रेसमा विवाद बढेको बताए ।