काठमाण्डु – बागमती प्रदेशका नवनियुक्त १० मन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६ मन्त्रीसहित ४ राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन् । एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । त्यस्तै केशवराज पाण्डे भौतीक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् ।
विजय सुबेदी सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेल उद्योग तथा पर्यटन, प्रदिप कुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालाय, डा. अजय क्रान्ति शाक्य कानुन मन्त्री, चन्द्र लामा भूमि तथा कृषि मन्त्री, जिवन खड्का भौतिक पूर्वाधार राज्यमन्त्री, सरस्वती बाटी उद्योग तथा पर्यटन राज्यमन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास मन्त्रालय, बद्रि मैनाली भूमी व्यवस्था तथा कृषि मन्त्रीमा नियुक्त भएका छन् ।योसँगै अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।




प्रतिक्रिया