भूतपूर्व गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न बेलायती सरकार तयार

भूतपूर्व गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न बेलायती सरकार तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकको पेन्सनका वृद्धि गर्ने भएको छ । बेलायतको रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै पेन्सन स्किमअनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी दिएको हो ।

एनआरएन युकेका अध्यक्ष सन्ता गाहा मगरले अगस्ट १६ मा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न गर्न माग गर्दै पत्र पठाएका थिए ।

उक्त पत्रको जवाफ दिँदै बेलायती रक्षा मन्त्रालयले पेन्सन लगायतका सुविधा पुनरावलोकन गर्न सरकार तयार रहेको जनाएको हो । तर, सन् १९९७ भन्दा पहिला सेवा निवृत्त भएका गोर्खा सैनिकहरुको समान पेन्सनको मागबारे भने पत्रमा उल्लेख छैन ।