पूर्व राष्ट्रपति अशरफ गनीद्वारा देश छाड्नुको कारण सार्वजनिक

पूर्व राष्ट्रपति अशरफ गनीद्वारा देश छाड्नुको कारण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे खुलाएका छन् ।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको बताएका हुन् ।

विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन्। उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्।