प्रदेश २ का सभामुखले छोडे राजेन्द्र महतोको साथ

प्रदेश २ का सभामुखले छोडे राजेन्द्र महतोको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का सभामुख सरोज यादवले जनता समाजवादी पार्टी (जसपा) रोजेका छन् ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट मानिने सभामुख रहेका यादवले पछिल्लो समय उनको साथ छाडेका हुन् ।  उनी  निकट मानिने अधिकांश नेताहरुले पनि महतोको साथ छोडेका छन्।

जसपा विभाजन भएर लोसपा दर्ता भएपछि निर्वाचन आयोगले २२ भदौसम्ममा दल रोज्न समय सिमा तोकेको थियो । तर सभामुख यादवले लोसपाको पक्षमा हस्ताक्षर नगरेपछि उनी जसपामै रहेको देखिन्छ । सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले लोसपाको पक्षमा सनाखत नगरेको बताइन्छ ।

तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमलप्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । नयाँ दलको पक्षमा सनाखत नगरेका प्रदेशसभा सदस्य स्वतः मूल पार्टीमै रहेको मानिने उनले बताए ।