एमाले स्थायी कमिटी बैठक शुक्रबार, यस्ता छन बैठकका एजेण्डा

एमाले स्थायी कमिटी बैठक शुक्रबार, यस्ता छन बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार दिउँसो ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरि बैठक बोलाएका हुन् । उक्त बैठकमा दुई एजेन्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

जसमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुनेछ । एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाण्डुमा हुँदैछ ।

त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ । साथै शुक्रवारको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना रहको बुझिएको छ ।