काठमाण्डु – नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशन धाँधलीरहित बनाउन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पौडेलसहितको टोलीले आगामी मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशन धाँधलीरहित बनाउन आग्रह गरेको हो ।
नेता पौडेलको नेतृत्वमा महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाश मान सिंह, अर्जुननरसिं के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले आज बिहान सभापति शेर वहादुर देउवालाई वालुवाटारमा भेट गरेको थियो ।
भेटका अवसरमा पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न र पार्टीको महाधिवेशनमा राज्यको पुलिस/प्रशासनको दुरुपयोग हुन नदिन ध्यानाकर्षण गराएको नेता पौडेले जानकारी दिए ।




प्रतिक्रिया