काठमाण्डु – नेपाली बजारमा शुक्रवार सुनको मूल्य उकालो लागेको छ । हिजो प्रतितोला ९० हजार ६०० मा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा १०० ले उकालो लागेर ९० हजार २९० मा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य प्रतितोला १२१५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया