काठमाण्डु – कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्धामा आज सुनुवाई हुँदै छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो ।
उक्त आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद आलमको मुद्दा न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।
उनीमाथी ०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको अभियोग छ ।
साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका हुन् ।




प्रतिक्रिया