काठमाण्डु – कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्धामा आज पनि सुनुवाई हुन सकेन । न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा इजालस तोकिएको थियो । तर, आलमको मुद्धा हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।
इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश विरुद्ध आलम सर्वोच्चमा पुगेका थिए । यसअघि पनि आलमको मुद्धा पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको छैन ।
उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका हुन् । १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विष्फोटन सम्बन्धी मुद्दामा आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो ।
घटनामा मारिएका भनिएका रौतहट सरुअठा निवासी ओसी अख्तरकी आमा रोक्साना खातुन र पिन्टु (त्रिलोकीप्रताप) सिंहका बाबु नारायण सिंह राजपुतले दिएको जाहेरी आधारमा १२ वर्षपछि पक्राउ गरी आलमलाई नख्खु जेलमा राखिएको छ । उनी अहिले जेलमा कैद भुक्तान गरिरहेका छन् ।




प्रतिक्रिया