काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयको एजेण्डाबारे छलफल र निर्णय गर्ने स्रोतले जानकारी दियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा, मुख्य सचिव शंकरदास बैरागी छन् ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनमा देखिएको विवादका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।




प्रतिक्रिया