प्रधानमन्त्री देउवा र एससीसी उपाध्यक्षबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र एससीसी उपाध्यक्षबीच भेटवार्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार भेट्दै छिन् । स्रोतका अनुसार देउवा र सुमारबीच दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता तय भएको छ ।

चार दिने भ्रमणका क्रममा बिहीवार काठमाण्डु आइपुगेकी सुमारले सबै भन्दा पहिला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् । भेटवार्तामा अध्यक्ष ओलीसँग उपाध्यक्ष सुमारले एमसीसी परियोजना पास गर्न आग्रह गरेकी थिइन् । जवाफमा अध्यक्ष ओलीले हतारिएर कुनै पनि पोजिसन नबनाउने बताएका थिए । त्यसपछि सुमारले जसपाका नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।

त्यसैगरी आज बिहान सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति गरेर पारित गर्ने बचन दिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवाद चर्किएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।