एमाले सांसदकाे चर्को नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

एमाले सांसदकाे चर्को नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसदहरुले संसद अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठकमा एमालेका सांसदहरुले रोष्टममा पुगेर चर्को नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले सांसदहरुले सभामुख सापकोटाविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले माधव नेपालसहितका १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै संसद अवरुद्ध पारेका हुन् ।

सांसदहरुले ‘संसदीय मर्यादा कायम गर, विधिको शासन कायम गर, पार्टी फुटाउन पाइँदैन’ भन्दै संसदमा सभामुखविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

सभामुख सापकोटाले पटकपटक संयमित बन्न आग्रह गरेपनि एमाले सांसदहरुले झन् ठूल्ठूलो आवाजमा नाराबाजी गरेका थिए ।  एमालेले सभामुखले नेकपा एमाले फुटाउन सहयोगी भूमिका खेलेको भन्दै चर्को आलोचना गर्दै आइरहेको छ ।