काठमाण्डु– नेप्सेका सिईयो चन्द्रसिंह साउंदको राजीनामा स्विकृत भएको छ । मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले साउंदको राजीनामा स्विकृत गरेको हो ।
सर्वोत्तम सिमेन्टको ओटिसी खरिद प्रकरणमा नाम मुछिएपछि साउंदले नेप्सेको कार्यकारी प्रमुखबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए । सरकारले अर्थमन्त्रालयका प्रमुख पाराश्रवर ढुंगानाको संयोजकत्वमा इन्साइडर ट्रेडिङबारे अध्ययन गर्न समिति बनाएर छानविन गरेको थियो ।
मन्त्रिपरिषदको बैठकले उनको राजनीमा स्विकृत गर्दै नेप्सेमा साउंदले पुर्याएको योगदानप्रति धन्यवाद समेत दिएको छ ।




प्रतिक्रिया