आइतबार सुनको मूल्य घट्यो, तोलाको कति ? 

आइतबार सुनको मूल्य घट्यो, तोलाको कति ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ४०० ले ओरालो लागेको हो ।

आज छापावाला सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको छ ।  आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० ले ओरालो लागेर ८९ हजार ८०० मा कारोबार भइरहेको छ ।  आज यता चाँदीको मूल्य प्रतितोलामा २० ले ओरालो लागेर एक हजार १९५ मा कारोबार भइरहेको छ ।